नेपालमा प्रयोगमा रहेको अक्सफोर्ड एस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्छः वैज्ञानिक

२१ माघ, काठमाडौँ । नेपाल लगायत विश्वका धेरै देशमा प्रयोगमा रहेको अक्सफोर्ड एस्ट्राजेनेका खोपले कोरोना विरुद्धको गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्ने दाबी गरिएको छ । यो खोपको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा उल्लेखनीय प्रगति आउनसक्ने वैज्ञानिकले बताएका छन् ।

महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला यो खोपले सङ्क्रमण नियन्त्रणमा समेत प्रभाव देखिए पछि महामारीलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

खोप लगाएपछि व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्ति पनि सुरक्षित हुन पुग्ने वैज्ञानिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

Advertisement

यसले कोरोना महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुने खबरमा दाबी गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो ।

अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो ।

Advertisement

साथै यो खोपको एकै मात्राको प्रयोगले पनि मानिसलाई कोरोनाबाट राम्रो सुरक्षा दिइरहेको पाइएको अध्ययनले देखाएको छ । पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।

अध्ययनमा बेलायत, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सहभागी थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top