२१ माघ, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२–० गोलले हराएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा चौदण्डीगढीलाई १२ गोलले हराउने क्रममा आर्मीकी शर्मिला थापा एक्लैले पाँच गोल गरिन् । शर्मिलाले खेलको सात, १३, २३, २९ र ३८ औँ मिनेटमा गोल गरिन् ।
यस्तै सपना लामाले खेलको ८७ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दा कप्तान अञ्जली वाइबाले आठ, हेमा चौधरीले तीन, विमला चौधरीले ३०, विमला विकले ४८ र रश्मी घिसिङले ८४ औँ मिनेटमा एकरएक गोल गरे ।
यो जितसँगै आर्मी ६ खेलमा १३ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत् छ । चौदण्डीगढीले भने अहिलेसम्म एक खेल पनि जितेको छैन ।