न्यायाधिशको प्रश्न, ‘संविधानमा नलेखिएका कस्ता अधिकार प्रधानमन्त्रीलाई दिइएको छ, उदाहरण दिनुहोस् ?’

२१ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटनको बचाउ गर्दै आज बुधबार पनि सरकारी वकिलहरुले सर्वोच्च अदालतमा बहस गरिरहेका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा परेका १३ वटा रिटमाथि गएको माघ ४ गतेदेखि बहस भइरहेको छ ।

गएको सोमबारदेखि रिटको विपक्षमा अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनको पक्षमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसहित सरकारी वलिकले बहस गरिरहेका हुन् ।

बहसका क्रममा न्यायाधीशहरुले प्रधानमन्त्रीलाई संविधानको कुन धाराले प्रतिनिधि सभा विघटनको अधिकारी दियो, पार्टीभित्रको विवादलाई संसदसँग जोडेर किन हेर्ने, चुनाव भएपछि स्थिरताको के ग्यारेण्टी छलगायतका प्रश्न सोधेका छन् ।

Advertisement

बुधवार पनि अधिवक्ता सुशील पन्तले संविधानको धारा ८५ अनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको अधिकार प्रयोग गरेको बताएका छन् । उनलाई न्यायाधीश अनिलकुमार सिन्हाले संविधानमा नलेखिएका कस्ता अधिकार प्रधानमन्त्रीलाई दिएको छ, उदाहरण दिनुहोस् ? भनेर सोधेका छन् ।

मङ्गलवार पनि न्यायाधीश सिन्हा र सपना मल्ल प्रधानले महान्यायाधिवक्ता अग्नि खरेललाई यस्तै प्रश्न सोधेका थिए ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top