विराटनगर,जेष्ठ २३
बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यमा कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ ।
बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने भएको छ । यसका लागि अर्थमन्त्रालयले तत्कालका लागि पुरानै विधिबाट कर गणना गर्न निर्देशन सहितको पत्र आन्तरिक राजस्व विभागलाई पत्र पठाइसकेको छ ।
राजस्व विभागले गत शुक्रबार सेयर बजारमा पत्र पठाएर बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यकाे आधारमा लाभकर गणना गर्न निर्देशन दिएपछि उक्त निर्देशनको विरोधमा मंगलबार लगानीकर्ताले सेयर कारोबार ठप्प पारेका थिए ।
त्यसका आधारमा आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, स्टक एक्सचेञ्जनेप्से आज काय र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाउने छ ।
सरकार आफ्नो निर्णयबाट पछि हटेपछि केहीबेरमा सेयर कारोबार सुचारु हुने लगानीकर्ताहरुले जनाएका छन् ।