×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

यसपालि जाडोको मौसम : औसतभन्दा कम छ चिसोको प्रभाव

२४ माघ २०७७

काठमाडौं : मुलुकमा यसपालि जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम रहेको छ । गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपाली अहिलेसम्म त्यो अबस्था देखिएको छैन । यस वर्षको हिउँदमा बर्षाको अबस्थासमेत अत्यन्त न्युन रहेको मौसमविद्ले बताएका छन् । हिउँ परेर चिसो हुने यस मौसमा मुलुकमा तापक्रम औषतभन्दा बढी नै रहेको जनाइएको छ ।

मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडो याममा औसतभन्दा बढी नै तापक्रम रहने विवरण सार्वजनिक गरेका थिए । दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ ।

Advertisement
Advertisement

उक्त अध्ययनले औसतभन्दा बढी तापक्रम (सुख्खा) रहने औँल्याएको थियो । सोहीअनुसार नै मौसम अघि बढेको देखिन्छ । मुख्यतः समुन्द्र र वायुमण्डलीयस्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वीभेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो ।

यद्यपि आजबाट भने पश्चिमी न्युन चापीय प्रणालीका प्रभावका कारण मौसम बदली भएसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी भेगका केही क्षेत्रमा हल्का वर्षा भएको छ । तराई क्षेत्रमा भने बाक्लो हुस्सुसहित शीतलहर छ । तर पनि बर्षाको औैषत अबस्था कम नै रहेको मौसमविद्को भनाइ छ ।

मौसमविद् निराजन सापकोटा पश्चिमी वायुका कारण प्रणाली परिवर्तन हुँदा यसपटक आइतबारसम्मै चिसो हुने र त्यसपछि विस्तारै खुल्ने बताउँछन् । पश्चिमी वायु पाकिस्तान हुँदै भारतबाट नेपालमा जोडिन आएको हो । यो विस्तारै पुर्वउत्तर सरेर सकिने छ ।

आज वाग्मतीदेखि सुदुरपश्चिमसम्म बदली छ । प्रदेश १ को पहाडी क्षेत्रमा बदली छ । शनिबार पश्चिमबाट सफा हुँदै आउने र पुर्वतर्फ बदली सर्नेछ । शनिबार पोखराबाट पुर्वसम्म बदली रहन्छ ।

आज काठमाडौंमा तीन बजे आसपास पानी पर्न खोजेको थियो । फाट्टफुट्ट पानी परे पनि एक्कासी आएको हावाले उडाउँदा हिमालतिर सरेको उनी बताउँछन् । हावाले बदलीलाई हिमाली क्षेत्रमा पठाउनु भनेको त्यसक्षेत्रमा बढी हिउँ पर्नु हो ।

वायु दुई प्रकारको हुन्छ । पूर्वी र पश्चिमी । पूर्वी वायु बङ्गालको खाडीबाट आएको हुन्छ । त्यसले पानी बढी पार्छ । पश्चिमी वायु पाकिस्तानबाट भारत हुँदै नेपाल छिरेको वायु हो । यसपाली यस वायुमा जलवाष्पका कण न्यून रहेकाले वर्षा कम भएको हो । बढी जलवाष्प रहँदा बर्षा हुने गर्छ । जसले चिसो भित्र्याउँछ । हिमालमा हिउँ पर्नु पनि यही वायुको प्रभाव हो ।

मनाङका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल जिल्लाका धेरै स्थानमा बाक्लो हिमपात भइरहेको जानकारी दिए । उनका अनुसार कार्यालय परिसरमा समेत हिमपात भइरहेको छ । हिमपातका कारण हिमाली क्षेत्रमा हवाइ उडानसँग जनजीवन समेत प्रभावित छ ।

युरोपको प्रशान्त महासागरमा तातो बढेकाले पनि त्यहाँबाट आएको पश्चिमी वायुमा जलवाष्पका कण कम हुन गएको मौसमविद् इन्दिरा कँडेलले बताइन् । उनका अनुसार जति वायु त्यताबाट आयो त्यो पनि हावाको दिशा परिवर्तनहुँदा सबै नेपालमा आउन सकेन । जसका कारण नेपालको मौसम अन्य वर्षभन्दा न्यानो बन्न पुग्यो । यसकै कारण हिउँदमा हुनुपर्ने जति बर्षा नभएको हो ।

आज काठमाडौंमा न्युनतम तापक्रम ३ दशमलव ५ डिग्री छ । अधिकतम २० डिग्रीसम्म छ । विगतका वर्षमा भन्दा यसवर्ष तापक्रम औषतभन्दा बढी नै छ । पहिलेपहिले धेरै चिसो भएको थियो । गत वर्ष पनि यो मौसममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो । यसपाली भने आजसम्म त्यो अबस्था देखिएको छैन ।

गएको डिसेम्बर २४ मा काठमाडौंमा १ दशमलव २ डिग्री तामक्रम थियो । डिसेम्बर ३१ मा काठमाडौँमा त्यो भन्दा कम (यसवर्ष कै सबैभन्दा कम) न्युनतम तापक्रम ० दशमलव ८ डिग्री पुगेको थियो । विगतको इतिहास हेर्ने हो भने सन् १९७८ फेब्रअरी ४ मा सबैभन्दा कम माइनस २ दशमलव ४ डिग्री तापक्रम पुगेको अभिलेख छ ।

यसवर्ष जाडो मौसममा राम्ररी पानी परेको छैन । यो फ्रेब्रुअरी महिनामा दैनिक औषत वर्षा १८ दशमलव ७ मिलिमिटर हुनुपर्ने थियो । आज बर्षा १३ दशमलव ७ मिलिमिटर मात्रै छ उपत्यकामा आज मात्रै फाट्टफुट्ट पानी परेको छ । राती सामान्य वर्षाको सम्भावना भए पनि औषत बराबरको पानी पर्ने अबस्था नदेखिएको मौसमविद् बताउँछन् । सन् २०११ को फेब्रअरी १७ मा ३१ दशमलव ३ मिलिमिटरसम्म पानी परेको अभिलेख छ ।

प्राप्त विवरणअनुसार राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हिमपातको भइरहेको र यो क्रम राती पनि रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धरै स्थानहरु तथा प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो थप बढेकाले सावधानी अपनाउन आग्रह गर्छन् । उनले जाडोबाट जोगिनका लागि आगो ताप्दा विशेष ख्याल गर्न अनुरोध गरेका छन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top