नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

२५ माघ, कञ्चनपुर ।
बेलौरी नगरपालिका–१०, भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुनर्वास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका–१४ का ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

‘‘पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ,’’ उनले भने । उनका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एकथान र ५०० का दुईथान नोट बरामद गरिएको छ ।

यसैगरी, विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एकथान र स्टिलका थाल दुईथान बरामद गरिएको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.