कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छ : गृहमन्त्री थापा

२६ माघ ७७, मंगलबार

२७ माघ, काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन्।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिवसीय गोष्ठी समापन समारोहमा उनले सीमालाई अझ बढी नियन्त्रित र नियमन गरिनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गरे ।

Advertisement

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा जङ्गीअड्डा र सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा आयोजित उक्त गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका थिए ।

आन्तरिक छलफल र विज्ञबाट प्राप्त सुझावले सुरक्षासम्बन्धी नीति निर्माण र सीमा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

Advertisement

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव प्रस्तुत गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो ।

सो अवसरमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा सुरक्षालाई थप प्रभावकारी तुल्याउन विभिन्न विषयमा आधारित भई गरिएको कार्यक्रमले सीमा सुरक्षासँग सम्बन्धित सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटेर सुझाव र निष्कर्ष प्रस्तुत भएको बताए ।

शान्ति, द्वन्द्व र असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्ष र सम्बद्ध विभिन्न निकायको भूमिकाका विषयमा केन्द्रित रही कार्यक्रममा बृहत्तर र गहन छलफल भएको बताइएको छ ।

पहिलोपटक आयोजना गरिएको उक्त गोष्ठीबाट प्राप्त निष्कर्ष सीमा व्यवस्थापनका लागि अत्यन्तै महत्वपूर्ण दस्तावेजका रुपमा रहनेछ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा र सरकारले उच्च प्राथमिकतामा राखेका विषयलाई चुस्त र थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, संशोधन, परिमार्जन एवं सुरक्षा व्यवस्थापनको व्यावहारिक पक्षलाई समेटेर समाधानका उपायका लागि सुझाव पेश गर्न आयोजित कार्यक्रम निकै फलदायी साबित भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालय र निकायका विशिष्ट श्रेणीका अधिकृत र उच्च सैनिक अधिकृत सहभागी थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top