सिंहदरबारको पूर्वीखण्ड प्रबलीकरण यसै हप्ता सकिँदै

२७ माघ ७७, मंगलबार

काठमाडौं : २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक भवनमध्ये सिंहदरबारको पूर्वी भाग प्रबलीकरणको काम अन्तिम चरणमा पुगेको छ ।

Advertisement

तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण यही माघ भित्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) आयोजनाका इन्जिनियर रोशन यादवले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएकाे हाे

उहाँका अनुसार अहिले फर्निचर, फिनिसिङ्ग, इलेक्टिकका कामसँगै सरसफाईको काम भइरहेको छ । पूर्वी भागको प्रबलीकरणको काम आन्तरिक साजसजावटको काम पनि सकिन लागेको छ ।

Advertisement

पूर्वी भाग प्रबलीकरणका लागि फागुन ११ गते सम्मको अवधि भए पनि निर्माण कम्पनीले समयवधि अघि नै माघ मसान्तभित्रै भवन हस्तान्तरण गर्ने बताएको छ ।

यो भवन पुरानै मौलिकतामा र पुरानै आकारमा प्रबलीकरण गरिएको आयोजनाको भनाइ छ । भूकम्पका कारण क्षति भएको भवनका बाहिरका बुट्टालगायत नबिग्रिने गरी पुरानै आकारमा बनाइएकाे इन्जिनियर यादवले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top