विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

२६ माघ ७७, मंगलबार

२७ माघ, विराटनगर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट मेचीनगर नगरपालिका-६ का २४ बर्षीय सुरज खड्कालाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय २८ बर्षीय प्रकाश लिम्बुलाई १८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैविच, उदयपुर र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित सोमवार दिउँसो ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका-६ जलजलेबाट त्रियुगा नगरपालिका-१ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका-१४ का २६ बर्षीय कुमार मगर, त्रियुगा नगरपालिका-१३ का २५ वर्षीय सागर चौधरी र सुनसरीका २५ वर्षीय अभिसेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले डाइजेपाम -१९ एम्पुल, फेनारागन -१९ एम्पुल, लुपिजेसिक -१९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।

यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका-१२ बाट स्थानीय १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन-२ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै उदयपुरकै कटारी नगरपालिका-८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् ।

सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका-३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई धरान उप-महानगरपालिका-१३ डेरा गरी बस्ने ३४ बर्षीय गुमान राई सवा २ केजी गाँजा सहित पक्राउ परेका छन् ।

राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top