पंक्षीहरुमा देखिने रानीखेत रोगको नेपालमा सङ्क्रमण बढ्दो

२७ माघ, काठमाडौँ । नेपालमा पंक्षीहरुमा देखिने रानीखेत रोगको सङ्क्रमण बढेको छ ।
अस्वाभाविक रुपमा रानीखेतको सङ्क्रमण बढिरहेकाले विशेष सावधानी अपनाउन पशुसेवा विभागले आग्रह गरेको छ ।

हरेक दिन काठमाडौँका २० देखि २५ ठाउँका ५ सयदेखि ६ सयवटा फार्मबाट आएका स्वाबहरु परीक्षण गर्दा रानीखेत पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले बतए । उनकाअनुसार काठमाडौँसहित देशका विभिन्न ठाउँबाट संकलन भएका स्वाब परीक्षण गर्दा रानीखेतको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण फैलनुमा भ्याक्सिन फेल भएर अथवा अरु के कारण हो त्यसबारे विज्ञहरुको समूहले अध्ययन गरिरहेको प्रवक्ता ढकालको भनाइ छ । यस्तै सङ्क्रमण धेरै फैलिएको ठाउँ र कारण पत्ता लगाउन गरिने कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भइरहेको छ ।

कन्ट्याक्ट ट्रेसिङका लागि आवश्यक जनशक्ति नहुँदा कुन ठाउँमा कसरी सङ्क्रमण फैलिरहेको छ भनेर पत्ता लगाउन गाह्रो भइरहेको विभागका प्रवक्ता ढकालले बताए । रानीखेत रोग लाग्न नदिन किसानहरुले भ्याक्सिन लगाउने गरेका छन् ।

जर्मनी, फ्रान्स, क्यानडा, भारतलगायत देशबाट ल्याइएको खोप नेपालमा प्रयाग हुँदै आएको छ । हरेक वर्ष एक करोड डोजको हाराहारीमा मात्रै नेपालमा खोप उत्पादन हुने र धेरैजसो विदेशबाटै ल्याउनुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।

यस्तै रानीखेत रोगको सङ्क्रमण बढिरहँदा बर्ड फ्लूको सङ्क्रमणका केसहरु भने नआएको प्रवक्ता ढकालले बताए । यस्तै नेपालमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्र कमजोर भएकोले सोचेअनुसार कुन ठाउँमा सङ्क्रमण कसरी फैलिरहेको छ भनेर पत्ता लगाउन समस्या भइरहेको छ ।

कन्ट्याक्ट ट्रेसिङमार्फत सङ्क्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । जसले रोकथाममा सहयोग गर्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top