×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

२७ माघ २०७७

२७ माघ, काठमाडौं ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

Advertisement
Advertisement

कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए । “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नुहुनेछ”, उनले भने “कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिनेछ ।”

कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ । कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् । “सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ”, प्रवक्ता पन्थीले भने ।

योगदानकर्ताले कोषबाट कर्जा लिएको भए त्यसको विवरण, अन्य सेवा सुविधा लिएको भए पनि त्यसको सम्पूर्ण विवरण मोबाइलमै हेर्न सकिने छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएको र छिट्टै अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योजनामा समेट्ने सन्दर्भमा झ्न यो एपको महत्व बढ्ने उनी बताउँछन् । “अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने अवस्थामा योगदान रकम सङ्कलन गर्न मोबाइल एपले सहज गर्नेछ”, उनले भने– “एपबाटै निवेदन दिएर आफूलाई चाहिने सेवा सुविधा र विभिन्न शीर्षकको कर्जा आवेदन गर्न सकिनेछ ।” हाल औपचारिक क्षेत्रका श्रमिकको योगदान रकम रोजगारदाताले नै कोषमा जम्मा गर्दै आएका छन् ।

कोषले प्रवाह गर्ने सेवालाई सहज र प्रविधिमन्त्री बनाउने उद्देश्यअनुरुप नागरिक एपमार्फत सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न सकिने उनले बताए। एपको प्रयोगबाट समयको बचत हुनाका साथै सार्वजनिक बिदाका दिन पनि सेवा प्राप्त गर्न सकिने कोषले जनाएको छ । कोषमा जम्मा भएको योगदान रकम तथा अन्य सम्पूर्ण विवरणको जानकारी सहजै लिन कोषले सम्पूर्ण योगदानकर्तालाई नागरिक एप डाउनलोड गरी सेवा प्राप्त गर्न अनुरोधसमेत गरेको छ ।

‘लाइन होइन, अनलाइनबाटै २४ सै घन्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सरकारले आम नागरिकलाई सहजरुपमा सरकारी सेवा उपलब्ध गराउन एप सार्वजनिक गरिसकेको छ । नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्लेस्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एपस्टोर’बाट उक्त एप डाउनलोड गर्नुपर्नेछ । हाल आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ ।

एक लाख ८८ हजार कोषमा सूचीकृत

गत बिहीबारसम्म कोषमा एक लाख ८८ हजार ४५० योगदानकर्ता सूचीकृत भएको छन् । वागमती प्रदेशबाट एक लाख ४१ हजार १०१, प्रदेश १ बाट १९ हजार ४४४, प्रदेश २ बाट १३ हजार ६९५, गण्डकीबाट सात हजार ७६, लुम्बिनीबाट पाँच हजार ९६८, सुदूरपश्चिमबाट ६८८ र कर्णाली प्रदेशबाट ४६० योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।

Advertisement

कोषमा हालसम्म रु चार अर्ब पाँच करोड ६६ लाख योगदानरकम सङ्कलन भएको छ । तीन करोड ४९ लाख दाबी भुक्तानी भएको कोषले जनाएको छ ।रासस

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top