बजेटमा संशोधन गरी आकार घटाइयो

२७ माघ, काठमाडाैँ ।

सरकारले चालु आर्थिक बर्षको बजेटमा संशोधन गरेर आकार घटाएको छ । चालु आर्थिक बर्षको गत ६ महिनाको खर्चको अनुमानका आधारमा सरकारले १४ खर्ब ७४ अर्बलाई घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । अर्थमन्त्रालयमा मंगलबार चालु आर्थिक बर्षको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पहिलो ६ महिनाको पृष्ठभूमिको आधारमा आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गरेका हुन् ।

संशोधित अनुमानमा चालु आर्थिक बर्षमा १४ खर्ब ७४ अर्ब खर्च हुने अनुमान गरिएकोमा १३ खर्ब ४४ अर्ब ६८ करोड मा झारिएको छ । यो कुल विनियोजनको करिब ९१ दशमलब १९ प्रतिशत हो । त्यसैगरी चालु तर्फ ९ खर्ब १४ अर्ब ७८ करोड , पुँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ४६ अर्ब ८६ करोड हुने अनुमान छ । राजश्व र आन्तरिक ऋणमा चालु बर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदान तर्फ ३५ अर्ब र वैदेशिक ऋण तर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ ।
मन्त्री पौडेलले कोभिड १९ को प्रभाव कम हुदै गएको, खोप प्रारम्भ गरिएको र आन्तरिक आर्थिक गतिविधि, क्रमशः पुरानै लयमा फर्कदै गएकाले चालु आर्थिक बर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनको संशोधित कार्य योजना बनाई कार्यान्वयन गरिने बताए । सरकारले यो ६ महिनामा मुद्रास्फिति नियन्त्रणमा रहेको र आर्थिक क्रियाकलापमा सुधार हुदै आएकाले आर्थिक वृद्धिदर औषत रहने अनुमान गरेको छ ।

Advertisement

राजश्वको संशोधित अनुमानमा रही राजश्व लक्ष्य पुरा गर्ने, पुँजीगत खर्च बढाउने र साधारण खर्चमा मितव्ययीता अपनाउदै निर्वाचनका लागि आवश्यक पर्ने स्रोतको प्रबन्ध गरिने मन्त्री पौडेलले जानकारी दिए । निर्वाचनका लागि आवश्यक स्रोतको प्रबन्ध गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै उनले निर्वाचन आयोगले माग गरे अनुसार झण्डै ७ अर्ब रुपैयाँ सरकारले निर्वाचनका लागि प्रबन्ध गर्ने बताए ।

अर्थसचिव शिशिर ढुंगानाले अनुत्पादक क्षेत्रको खर्च कटौति तथा चालु र पुँजीगत खर्च अन्र्तगत खर्च हुन नसकेको रकमबाट कोरोना भ्याक्सिन र निर्वाचनका लागि आवश्यक रकम जुटाईने बताए । कोरोनाका कारण केही समय रोकिएकाले राष्ट्रिय गौरवका आयोजनामा हुने खर्च कम देखिएपनि विस्तारै अवस्थामा सुधार आएकाले वृद्धि हुदै जाने बताए ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा कुल विनियोजिन रकमको जम्मा २८ दशमलब १९ प्रतिशत खर्च भएको छ । १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख मध्ये ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख खर्च भएको हो । समिक्षा अवधिको कुल खर्च मध्ये चालु तर्फ ३८ दशमलब शुन्य ८, पुँजीगत तर्फ १४ दशमलब ४ र वित्तीय व्यवस्थापन तर्फ १३ दशमलब ०६ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक बर्षमा २ खर्ब २५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो ६ महिनामा जम्मा ५७ अर्ब ऋण परिचालन गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा विनियोजनको १५ दशमलब १९ प्रतिशत मात्रै खर्च भएको छ ।

समिक्षा अवधिमा कुल वस्तु आयात ४ दशमलब ८ र कुल व्यापार घाटा ५दशमलब ८ प्रतिशतले घटेको छ । शोधानान्तर स्थिति भने १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा छ । चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । बैक तथा वित्तीय संस्थाहरुले संकलन गर्ने निक्षेपमा ९ दशमलब २ प्रतिशतले वृद्धि भएको छ भने आन्तरिक कर्जा ८ दशमलब २ प्रतिशतले बढेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top