भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

काठमाडौं: बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।

२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।

जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्रहरीले अनुसन्धानका लागि पठाएको छ ।

Advertisement

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र शंकास्पद व्यक्तिको कपडासमेत परीक्षणका लागि पठाइएको जानकारी दिए ।

‘शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र सस्पेक्टेड व्यक्तिका कपडासमेत परीक्षणका लागि पठाइएको छ । टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट प्रहरीले अनुसन्धान जारी राखेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सिंहले राजधानीसँग भने ।

Advertisement

प्रहरीले हत्याको अनुसन्धानका लागि दुई दर्जन व्यक्तिलाई सोधपुछ गरेको र अनुसन्धानको दायरामा राखेको समेत उनले जानकारी दिए । तर उनीहरूलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top