२९ माघ, काठमाडौं ।
नेकपा नेतृ रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता गुणराज आचार्यले झाँक्रीको गिरफ्तारीविरिुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो। झाँक्रीलाई गरिएकाे पक्राउ गैरकानुनी भएकाे जिकीर उनको निवेदनमा गरिएकाे छ। झाँक्रीले राष्ट्रपति पदको कुनै लिंग नहुने र राष्ट्रपतिका विरुद्धमा पनि बोल्न पाइने बताएकी थिइन्।
उक्त निवेदन सवाेच्चमा दर्ता भइ आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।