सत्यमोहन जोशी दम्पत्तिले मरणोपरान्त शरीर दान गर्ने

३० माघ, काठमाडाैँ ।

Advertisement

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए ।

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरिर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतीमा हस्ताक्षर गरेका हुन्। शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए ।

Advertisement

घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोर्नुभएको बताए । उनले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकोले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए।

Advertisement

महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउनुहुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top