एक दर्जन बढी सचिवको सरुवा

काठमाडौं : सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई पठाइएको छ ।

यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा प्रदेश१ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । यस्तै, वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छभने लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई लगिएको छ ।

Advertisement

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमासरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

शिक्षा सचिव गोपीनाथ मैनाली, निर्वाचन आयोगकी देवकुमारी गुरागाई तथा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई भने सार्वजनिक खरिद अनुगमन, वित्त आयोग एवं युवा तथा खेलकुद मन्त्रालयमध्येमा सरुवा व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Advertisement

सरुवा भएका मध्ये एकदुई जनालाई मात्रै मिलान गर्नुपर्ने देखिएको भएपनि धेरैको सरुवालाई अन्तिम रूप दिइसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top