भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, घटनाको प्रमाण नष्ट

बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बलात्कारपछि हत्या भयो। घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न व्यक्तिहरुले जर्वजस्ती दबाब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पीडित परिवारको आरोप छ।

Advertisement

घटनाको प्रमाण नष्ट
बालिको मृत्यु रहस्यमय देखिन्छ। चुक्कुल लगाएको कोठाभित्र बालिकाको मृत शरिर भेटिएको छ। ’बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स्थानियले दिएको दवाबबाट पनि घटना घटाइएको प्रष्टिन्छ’ मृतककी दिदि लक्ष्मीदेवी विकले भनिन्। बहिनिको मृत्युपछि आमाबुबालाई पनि डरत्रास र धम्की दिइएको छ।

मृतक बालिकाको शव मृतककी नेपाल भएकी आमा आएपछि जलाउनेभन्दा पनि भारतका घरबेटीलगायत उनका आफन्तहरुले मानेनन्। बालिकालाई जलाएपछि त्रासले नेपाल फर्किएका आफन्त कर्णबहादुर सोनीले भने उल्टै घरबेटीले अर्कोदिन कोठा खाली गराए। खाली कागजमा मृत्युका बारेमा हस्ताक्षर गराएर शव जनाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो। सोनीले थपे ’स्थानियको दबाबले आफूहरु निरिह बन्नुपर्यो। प्रमाणहरु राख्न पाएनौ।’, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top