१ फागुन, काठमाडाैँ ।
अहिंसात्मक नागरिक प्रर्दशनको नाममा सनिबार पनि काठमाण्डौको माइतीघर मण्डलामा सरकारले प्रतिगनमकारी कदम चालेको भन्दै नागरिक समाजका प्रतिनिधिले प्रर्दशन गरेका छन् । प्रतिनिधिसभा मार्न पाईदैन, निरंकुश सरकार चाहिदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

संबैधानिक निकायको कब्जा बन्द गर, संबैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।
