प्रचण्ड जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेः शंकर पोखरेल

१ फागुन, काठमाडाैँ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा बिजयको झण्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरेका हुन् ।

उनले भने – ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाह्यो त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ । तर आउनु चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु । र त्यसका माध्यमबाट हामि प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा हामि रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडी बढेको कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’

Advertisement

मुख्यमन्त्री पोखरेलले प्रचण्ड माधव पक्ष चुनावबाट भागेको आरोप समेत लगाए । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजेपनि भुइँमा पछारिएको उनको भनाई छ । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको उनले बताए । प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको उनले जानकारी दिए । उनले भने – ‘जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीलाई आरोपित गर्दै हुनुहुन्छ । प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ ।कमरेड प्रचण्ड, जनयुद्धको समयमा उहाँको एउटा चर्चित भनाई थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । पटक पटक उहााले ककसका ढाडमा टेक्नुभयो कस कसको टाउकोमा हिर्काउनुभयो त्यो इतिहासका कुरा भए तर पार्टी एकता पछाडी उहाँ माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो । आज सडकमा पछारिनुभएको छ । बिलौनाका गितहरु गाउँदै हुनुहुन्छ र अब एमाले भित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमाण्डरहरुले साथ छोड्दै हुनुहुन्छ । आज हामि फागुन १ गतेका दिन बुटवलमा भेला भएर जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो प्रचण्ड कामरेड दुई पटक तपाई प्रधानमन्त्री हुनुभयो । जसले तपाईलाई प्रचण्ड बनाए तपाईले उनीहरुलाई बिर्सिनुभयो । कमरेड केपी ओलीले हामिलाई सम्झनुभो । अब केपी ओलीको नेतृत्वमा हामि राष्ट्र बनाउने अभियानमा जुट्न चाहान्छौँ । कमरेड केपी ओलीको नेतृत्वमा हामि राष्ट्रिय स्वाधिनताको नेतृत्व गर्न चाहान्छौँ । कालापानी, लिम्पियाधुरा,लिपुलेक हामि नेपालको भुभागमा समेट्ने केपी ओलीको नेतृत्वमा साथमा जान चाहान्छौँ भन्नेकुराको उद्घोष गर्नुभएको छ ।’

मुख्यमन्त्री पोखरेलले कानुन र संविधानले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भएकोले यही पार्टी आधिकारिक रहेको दाबी गरे । उनले संविधान कार्यान्वयनका सन्र्दभमा लुम्बिनीबाट सक्षम स्थानीय सरकार छ भनी सन्देश दिएको पनि बताए । कानुन निर्माण, तथा अन्य संरचनाको निर्माणको दृष्टिले पनि लुम्बिनी सरकार अगाडी रहेको उनको भनाई छ । उनले कपिलवस्तु, लुम्बिनी र परासीलाई मुलुकको पर्यटकीय राजधानी बनाउने परिकल्पना गरिएको पनि जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top