क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प

१ फागुन ७७, आइतबार

२ फागुन, संखुवासभा ।

सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् ।

शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको काम ठप्प पारेका हुन् ।

Advertisement

टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरको शव २४ घण्टा बित्दासक्दा पनि उठाएका छैनन् । मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने माग गर्दै जलविद्य्त् आयोजनाको काम अवरुद्ध बनाएका छन् ।

ठक्करबाट मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । फ्याक्सिन्दामा जयप्रकाश एशोसिएट कम्पनीले ड्याम साइड निर्माण तथा सरुङ मार्गको काम गरिरहेको छ ।

Advertisement

ड्याम साइडमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेपछि घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारत बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

प्रहरीले टिपर चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईं र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ का कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरु गाउँपालिका केन्द्रमा सञ्चालन भइरहेको तालीममा सहभागी हुन जाँदै थिए ।

आन्दोलित पीडितका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एशोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top