सरकार गठन भएको आज तीन वर्ष पूरा, प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

३ फागुन, काठमाडौं ।

बर्तमान सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो ।

झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विकास , सामाजिक न्याय सहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्ति सहित सरकारले नीति तथा कार्यक्रम अघि सारेको थियो ।

Advertisement

तीनै नीति तथा कार्यक्रमको जगमा रहेर राष्ट्र र जनता हितका पक्षमा विभिन्न कार्यहरु भएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमित भएको नेपालको भूमी समेटिएको नयाँ नक्शा राष्ट्रिय सहमतिमा जारी भएको छ ।

नेपालको अखणडता र स्वाधिनताको पक्षमा सरकारले गरेको यो एक ऐतिहासिक काम थियो । भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

Advertisement

रेलमार्ग तथा सडक पूर्वाधार लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणकार्य प्रभावकारी रुपमा अघि बढ्दै छन् । जेष्ठ नागरिकको सम्मान तथा किसान मजदुर वर्गको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि सारिएको छ ।

नेपालको विद्युत निर्यात गर्न विद्युत प्रसारण केन्द्रहरको विस्तार लगायत भष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने दिशामा भईरहेका कामहरुको आधारमा सरकारको तीन बर्षलाई हेर्नुपर्ने देखिन्छ ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन बर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भर्खरै प्रवलीकरण पश्चात पुनस्थापित गरिएको सिंहदरवारस्थित पुरानै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज विहान ११ बजे सम्बोधन गर्ने भएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top