NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ? बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा बिहिबार साउन १५ , २०८२
कुमार घैंटेका चेलाको दादागिरी,सानुभाइ फेरि पक्राउ बिहिबार साउन १५ , २०८२
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
Next
Prev

समाचार

पुननिर्मित प्रमुख प्रशासनिकस्थल सिंहदरबारको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

सोमवार फाल्गुन ३ , २०७७
Reading Time: 1 min read
A A
पुननिर्मित प्रमुख प्रशासनिकस्थल सिंहदरबारको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ फागुन, काठमाडौं ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर आज उद्घाटनको तयारी भएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब छ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विसं २०७२ वैशाख १२ गतेपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । प्रबलीकरण भइरहेका बेला उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्य अगावै काम सकेकोे एकाइले जनाएको छ । पूर्वी भाग प्रबलीकरणको उद्घाटनसँगै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे सिंहदरबार मूल भवनको आँगनबाट नै जानकारी गराउनुहुने कार्यक्रम रहेको एकाइ प्रमुख सिंहले जानकारी दिए ।

Advertisement

सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ । गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरेको हो । उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत रु ८७ करोड रहेको पनि आयोजना निर्देशक सिंहले सुनाए । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ । सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको काम समेत शुरु भइसकेको छ ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रबलीकरणमा समय लागेको हो ।

पुनःनिर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी निर्माण गरिएको तर भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा रही आएको एकाइका उपआयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताए । यसमा पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग भएकाले संरक्षण हुँदै आएको थियो ।

सिंहदरबारको इतिहास

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ । यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए ।

सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला रु पच्चीस लाख खर्च भएको तथ्याङ्क छ । विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो ।

विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्त सारियो । हाल सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका छन् । प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेको छ ।

युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेका हुन्। चन्द्र शम्शेर शिकार तथा कलाका सौखिन भएकाले सिंहदरबारका भित्ता शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाइएको थियो । सिंहदरबारका लागि बत्ती तथा अन्य शुङ्गारका वस्तु युरोपबाट मगाइएको हो ।

भूकम्पअघि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय पनि यही भवनमा थियो । वेसमेन्टसहित पाँच तले सिंहदरबारको मूल भवनबाटै प्रमुख प्रशासनिक स्थलको नामाकरण भएको छ ।

प्रबलीकरणमा प्रविधि

उत्तर, दक्षिण र पुर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोण्डिङ केमिकल प्रयोग गरी पुरानैस्वरुप नबिग्रने गरी प्रबलीकरण गरिएको छ । प्रबलीकरण गर्दा आरसिसी, एङ्करिङ, स्ट्रक्चरल स्टील तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको आयोजना उपप्रमुख विश्वकर्माले बताए ।

पबलीकरण प्रविधिमा दुवै भागमा कङ्क्रिट ज्याकेटिङ, केमिकल बोण्डिङ एजेण्ट (एपोक्सी) प्रयोग गरी एङ्करिङ तथा स्ट्रक्चरल स्टील प्रयोग गरी बलियो बनाइएकोे छ । उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागलाई सुरक्षित गरे पश्चात् भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन यान्त्रिक, विद्युतीय प्लम्बिङ, सूचना प्रविधि र सुरक्षाको व्यवस्थासमेत गरिएको एकाइले जनाएको छ ।

सिसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।

लोकप्रीय

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा

नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा

बिहिबार साउन १५ , २०८२

विचार

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा

नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा

बिहिबार साउन १५ , २०८२

थप समाचार

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने
अन्तर्राष्ट्रिय

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?
ताजा समाचार

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा
खेलकुद

नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा

बिहिबार साउन १५ , २०८२
कुमार घैंटेका चेलाको दादागिरी,सानुभाइ फेरि पक्राउ
ताजा समाचार

कुमार घैंटेका चेलाको दादागिरी,सानुभाइ फेरि पक्राउ

बिहिबार साउन १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा

नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा

बिहिबार साउन १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.