कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीनः विज्ञ

४ फागुन, काठमाडौँ । कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्।

परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्। यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन पाउँदैनन्।

कुनै महिलाले पहिलो डोज खोप लिएका दोस्रो डोज लिनु अघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बंचित हुने हुनाले नलागउन सुझाएको हो।

‘ बिकसित देशमा बच्चा जन्माउने योजना हुन्छ, नेपालमा त्यो नहुने हुनाले सन्तान जन्माइहाल्ने दम्पत्तिको हकमा यस्तो सन्देश दिएको हो,’ डा. पोखरेलले भने।

कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उपे्रतीका अनुसार यो खोप गर्भवती, सुत्केरी र १८ वर्ष मुनिकाहरूको लागि कति सुरक्षित छ भन्ने विषयमा अध्ययन नभइसकेकोले गर्भवतीले नलाउनु भनिएको हो।

‘ प्रजनन प्रक्रियासँग यो खोपको कुनै सम्बन्ध छैन, गर्भवतीले नलागाउनु भनेको गर्भवतीमा कति सुरक्षित छ भनेर अध्ययन नभइसकेकोले हो,’ उनले भने।

खोपबारे फैलिएको भ्रम तथा अन्य कारणले दुई चरणमा चलेको खोप अभियानमा लक्षित संख्या भन्दा २० प्रतिशत कमले खोप लिएको महाशाखाको भनाइ छ।

सरकारले दुई चरणमा गरी ४ लाख ८५ हजारलाई खोप दिने लक्ष्य लिएकोमा दोप अभियानमा जम्मा २ लाखले मात्र खोप लिएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top