महिला लिगः आज चन्द्रपुर र चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै

४ फागुन, काठमाडौँ । राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।

लिग अन्तर्गत हिजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २-१ गोल अन्तरले हरायो। दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १-० गोल अन्तरले हरायो ।

राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफ क्लब, उपाधि हात पार्नबाट मात्रै एक अङ्क टाढा रहेको छ । एपीएफलाई पछ्याइरहेको आर्मीले अर्को खेल जितेमा एपीएफले अन्तिम दुई खेलमा एकमा जित निकालेमा च्याम्पियन बन्नेछ । यदि आर्मीले अर्को खेल बराबरी खेलेमा एपीएफ अहिलेको अवस्थामा नै च्याम्पियन बन्नेछ ।

१० खेलमा ३० अङ्क बनाएको एपीएफभन्दा आर्मीले पाँच अङ्कले पछाडि रहेको छ । अब आर्मीलाई यो प्रतियोगिताको उपाधि जित्नका लागि एपीएफले बाँकी दुवै खेल हार्नुपर्नेछ भने आर्मीले बाँकी दुवै खेल जित्नुपर्नेछ । भोलि एपीएफ र आर्मीको छुट्टाछुटै समूहसँग खेल रहेकाले लिगको उपाधिको छिनोफानो भोलि नै हुने सम्भावना छ ।

यसैबीच विभागीय क्लब एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने सम्भावना रहेको छ । लिग अन्तर्गत हिजो नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट लागेकाले खेल गुमाउने सम्भावना रहेको र एमआरआई गरेर हेरेपछि थाहा हुने बताएकी छन् ।

सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी हुन् । सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top