सिजनमै खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात

६ फागुन ७७, शुक्रबार

काठमाडौं : सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था आएको हो ।

सरकारले भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का समयमा तत्काल आपूर्ति गर्न अनिवार्य रूपमा ३३ हजार मेट्रिक टन (मेटन) खाद्यान्न मौज्दात राख्नुपर्ने हुन्छ । तर, खाद्यसँग चामल, गहुँ र अहिले किनिइरहेको धानसमेत गरी करीब ३० हजार मेटन मात्रै खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा आवश्यकताअनुसार खाद्यान्न मौज्दात हुन नसकेको हो ।

खाद्यले चालू आर्थिक वर्षका लागि कुल ६० हजार मेटन धान खरीदको लक्ष्य राखेर किन्ने कार्य शुरू गरेको भए पनि हालसम्म २४ हजार २ सय ७९ मेटन मात्रै धान किन्न सकेको छ । सरकारले न्यूनतम समर्थन मूल्य तोकेको भन्दा फरक जातका जिरा मसिनो, कतर्नी, बास्मती, रञ्जित, मार्सीलगायत धानसमेत खाद्यले किनिरहेको र कम्पनीले तोकेको मूल्यभन्दा स्थानीय व्यापारीहरूले तोकेको बजार मूल्य बढी हुँदा खाद्यले आफ्नो लक्ष्यअनुरूप धान किन्न नसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

Advertisement

खाद्य कम्पनीले देशभरका विभिन्न ११ स्थानबाट न्यूनतम समर्थन मूल्यमा धान किनिरहेको छ । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । खाद्यले मकवानपुर धान प्रतिक्वीन्टल २८ सय २० रुपैयाँमा किसानहरूसँग किनिरहेको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top