फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

काठमाडौँ, जेठ २६
जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ ।

कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले देश विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै परियोजनाका लागि इजाजत लिने समयमा काम नगर्ने व्यवसायीलाई कारबाही गरिने बताए ।

नायब महाप्रबन्धक अरुण रजौरियाले कूल ५४१ मेगावाट क्षमताको १४ वटा आयोजनामा जम्मा रु छ अर्ब ७८ करोड ऋणका रुपमा लगानी गरेको जानकारी गराउँदै यस क्षेत्रमा परियोजना कार्यान्वयनका विभिन्न जोखिमबारे बताए ।

कम्पनीले राष्ट्रिय प्रशारण कम्पनीलगायत पाँचवटा विद्युत् कम्पनीमा रु ३४ करोड बराबरको शेयर लगानी गरेको छ ।

विसं २०६८ असारमा स्थापना भएको कम्पनीले हालसम्म रु एक अर्ब ४० लाख आयकर बुझाएको छ । अहिलेसम्म शेयर धनीलाई करीब रु ९० करोड लाभांशका रुपमा वितरण गरिएको छ ।

मेगा बैंकका पूर्व कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकको ब्याजदरमा हुने घटबढले दीर्घकालीन जलविद्युत् परियोजनामा लगानी गर्न चुनौती रहेको विचार व्यक्त गरे।

नेपाल हाइड्रोपावर एशोसिएसनका अध्यक्ष विष्णुबहादुर सिंह तथा विज्ञ मोहनराज जोशी, पंकजकुमार ठाकुर, सुदिम्ना उपाध्यायलगायतले विस्तृत परियोजना प्रतिवेदन शुरु गर्दादेखि समग्र परियोजनाको संरचना तयार हँुदासम्मका समस्या तथा त्यस क्षेत्रमा देखिने जोखिम र सम्भावनाबारे जानकारी दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.