पशुपतिमा पाँच हजार विरुवा रोपिने

पशुपतिमा पाँच हजार विरुवा रोपिने

काठमाडौँ, जेठ २७

विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ ।

अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरे । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २५० वृक्षरोपण गरिएको पशुपति विकास कोषका सदस्यसचिव डा प्रवीण ढकालले जानकारी दिए।

रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ । एउटा बिरुवा हुर्काउन रु ११ हजार ११४ खर्च लाग्ने उनले बताए । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ ।

यसै हप्ता युरेशिया रेयुकाईले ३०० बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.