×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्नु– राष्ट्रपति ट्रम्प

२७ जेष्ठ २०७५

वासिङ्टन, जेठ २७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताएका छन्।

उनले भने– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस विज्ञप्तिलाई पनि हामीले अनुमोदन गर्नेछौनौँ ।

Advertisement
Advertisement

राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनका लागि क्यानाडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तिलाई अनुमोदन नगर्नु भनी निर्देशन दिएको जानकारी दिएको बताइएको छ ।

क्यानडाले यसअघि भनेको विषयमा अडान दोहोराएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन्।

तर अरु सदस्यहरुले भने शिखर बैठकपछि जारी गर्ने भनिएको संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेको विषयबाट अमेरिका पछि हटेको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकामाथि ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका देशहरूले ठूलो मात्रामा कर लगाइरहेको तर आफूले उनीहरुमाथि करको कुरा गर्दा यस्तो व्यवहार गरेको पनि बताएका छन्।

ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका सदस्य राष्ट्रहरुले अमेरिकाले स्टील र एलुमिनियम आयातमा हालै लगाएको करको विषयलाई लिएर नीतिमा आधारित व्यापार प्रणाली नामको संयुक्त वक्तव्यमा सहमति गर्ने सहमति भएको थियो ।

त्यस सहमतिपछि भने दुवैतर्फको कर लगाइने भन्ने बारेमा केही समाधान निस्किएको बताइएको थियो ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले अमेरिकाले कर लगाएमा क्यानाडाले पनि जुलाइ १ देखि कर लगाउने बताएका थिए। त्यस भनाईप्रति अमेरिकाको कडा विरोध आएको हो ।

उनले राष्ट्रिय सुरक्षामा चासो भनेर यस्तो सुरक्षाका नाममा अमेरिकाले स्टील र एलुमिनियममा कर लगाएको विषय कहिल्यै पनि न्यायसंगत हुन नसक्ने धारणा राखेका थिए।

राष्ट्रपति ट्रम्पको यो पछिल्लो निर्णयका बावजुद पनि युरोपेली संघ उक्त संयुक्त वक्तव्यप्रति कटिबद्ध भएर रहने पनि जि सेभेनमा उपस्थित नेताहरुको अडान छ ।

पर्सी मङ्गलबार सिङ्गापुरमा हुन लागेको उत्तर कोरियाली नेतासँगको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले जि सेभेन सम्मेलनमा रहेका अमेरिकी प्रतिनिधिहरूलाई जी सेभेनको संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएका हुन्।

आइतबार बिहान ट्वीट गर्दै उनले आफ्नो यो विचार रहेको भनेर उक्त कर प्रणाली र जि सेभेन समूहका बारेमा आधिकारिक धारणा स्पष्ट गरेको समाचारमा जनाइएको छ ।

त्यस ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले क्यानाडेली प्रधानमन्त्रीले झूठो वक्तव्य दिएको आरोप पनि लगाएका छन्। उनले अमेरिकका किसानका उत्पादनहरु, यहाँका मजदुर र अमेरिकी कम्पनीहरूमाथि क्यानाडाले व्यापक मात्रामा कर लगाएको बताएका छन्।

Advertisement

आफ्नो ट्वीट अकाउन्टमा राष्ट्रपति ट्रम्प क्यानाडेली प्रधानमन्त्री ट्रयुडेउसँग निकै नै अनुदार देखिएका छन्। उनले जि सेभेनको बैठकमा क्यानाडेली प्रधानमन्त्री नरम र भद्र देखिएको भए पनि पछि भने अमेरिकी करहरूको व्यापक आलोचना गरेको र त्यसले अमेरिकी अर्थतन्त्रकै अपमान भएको बताएका थिए।
रासस

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top