अदालतको निर्णय मानेपनि सम्मान गर्न नसकिनेः ईश्वर पोखरेल

११ फागुन ७७, बुधबार

१२ फागुन, विराटनगर ।
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्न नसकिने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन्।

Advertisement

मंगलबार मध्यरातमा ट्विट गर्दै उनले अदालतको निर्णय मानेपनि सम्मान गर्न नसकिने बताएका हुन्। उनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने दाबी पनि गरेका छन्।

उनले भनेका छन्, ‘सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ।’

Advertisement

गएको पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंगको घोषणा गरेकी थिइन्। जसलाई असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top