नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

११ फागुन ७७, बुधबार

१२ फागुन, एजेन्सी ।

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन् ।डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेको र यसका कारण हामीले देशका विभिन्न भूभागमा कफ्र्यु लगाएका छौँ भने ।

प्रधानमन्त्री रुटले भने– हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्काे वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ । मङ्गलबार पत्रकार सम्मेलनका क्रममा उनले सो कुराको जानकारी दिएका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरसको सङ्क्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका छौँ– उनले भने।

Advertisement

उनले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिए । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उनले दिए। तर यहाँको सरकारले यहाँ लगाइ आएको कफ्र्युको अवस्था भने नहटाउने जनाएको छ । अहिले कतिपय स्थानमा विभिन्न समयमा कफ्र्युको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ ।

नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कफ्र्यु लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कफ्र्युको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top