विराटनगर,जेठ २८
ललितपुरको युएन पार्कमा प्रहरीले गोली चलाएको छ ।
गुण्डा नाईके अशोक लामालाई पक्राउ गर्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार दिउँसो गोली चलाएको हो ।
ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो ।
लामा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको सिंहले जानकारी दिए ।
दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको सिंह ले बताए ।
प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको सिंहले जानकारी दिए ।