लागुऔषध कारोवारमा संलग्न तीन पक्राउ

२७ जेठ ७५, सोमबार

धनकुटा, जेठ २८

Advertisement

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित धनकुटामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटामा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार २६ गते लागुऔषध ब्राउन सुगरको ओसारपसार भइरहेको जानकारी पाएपछि धनकुटा नगरपालिका–१ हिलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

Advertisement

पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–१ कुवापानीका २५ वर्षीय सुमन तामाङ, वडा नं ५ का २६ वर्षीय निश्चल तिवारी र वडा नं ७ का २४ वर्षीया केनेडी राई रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट नगद छ हजार २०० सहित चार ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । लागुऔषध ओसारपसारमा प्रयोग भइरहेको को.२४प ६३६८ नं मोटरसाइकल तीन थान मोबाइल सेटसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई लागुऔषध ऐनअन्तर्गत जिल्ला अदालत धनकुटाबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक गुरुङले बताए

Advertisement

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top