×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छः पर्यटनमन्त्री

२२ फाल्गुन २०७७

२२ फागुन, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् ।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement

उनले भने, “हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूल धारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतङ्कलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन ।”

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो । यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन शुरु भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गरे ।

विदेशी पर्यटक आगमन सहज बनाइने

पर्यटनमन्त्री ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।

उनले विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएको र यसले छिट्टै परिणाम हासिल गर्ने बताए ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आवमनलाई सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने बताए ।

पाटा नेपालले प्यासिफिक क्षेत्रका पर्यटन आदन प्रदान गर्ने कार्यक्रम तथा पर्यटकीय गतिविधि बढाउन भूमिका खेलेको भन्दै सचिव कोइरालाले दूरदराजका गन्तव्य प्रवद्र्धनका लागि पनि पाटाले पहल गर्नुपर्ने र त्यसको सहजीकरणका लागि मन्त्रालयले सहयोग गर्ने वचन दिए ।

उनले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर विदेशी पर्यटक भित्र्याउन प्रमुख पहलकदमी गर्ने संस्थाका रुपमा रहेको पाटाले सरकार र निजी क्षेत्रको समन्वयमा विदेशी पर्यटक ल्याउन उदाहरणीय काम गरिरहेको छ ।

पाटा नेपाल च्याप्टरले प्यासिफिक क्षेत्रका धेरै व्यक्तिलाई ल्याएर नेपालमा प्रवद्र्धन गरेको र विवादरहित संस्थाका रुपमा आफूलाई स्थापित गरेकामा सचिव कोइरालाले विशेष धन्यवाद ज्ञापन गरे ।

बिबिसी मास्टर सेफ सन्तोष शाहले नेपालको पर्यटनलाई गुणस्तरीय बनाउन नेपाली रैधाने खानाको प्याकेजिङ ब्राण्डिङ गरी अन्तरराष्ट्रियकरण गर्नेतर्फ सबै क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘फुड टुरिज्म’ लाई प्राथमिकता दिइ त्यसलाई चाहिने कृषिउपार्जनका विषयमा विशेष प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव थियो ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले कोभिडपछिको पर्यटनका गतिविधिलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी प्रवद्र्धनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए ।

सो अवसरमा पाटाले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाइफ टाइम अचिभमेन्ट अर्वाड’ ‘पाटा पर्सनालिटी अफ दी इयर अवार्ड’ सेफ सन्तोष साहलाई प्रदान गरियो । यी दुवै पुरस्कार पर्यटनमन्त्री ढकालले वितरण गरे ।

त्यस्तै जाडो याममा पाकिस्तानको माउन्ट केटु हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही दलका सदस्यलाई पाटाकोतर्फबाट पर्यटन सचिव कोइरालाले कदरपत्रद्वारा सम्मान गरेका थिए ।

Advertisement

कार्यक्रममा सुरसुधाको साङ्गीतिक समूहले विशेष साङगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।(रासस)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top