अन्तरपालिका स्तरीय भलिवलको उपाधि इटहरीले जित्यो

२१ फागुन ७७, शनिबार

२२ फागुन, विराटनगर ।
सुनसरीका अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता इटहरी उपमहानगरपालिकाले जितेको छ ।

इटहरी उपमहानगर र दुहवी नगरपालिका बीच भएको फाइनल खेलमा ३ एक सेटको सहज अन्तरले इटहरी उपमहानगर विजयी भएको हो ।रामधुनी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता थियो ।

विजेता इटहरी उपमहानगरको टिमले नगद २५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ । उपविजेता दुहवी नगरपालिकाको टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top