तीन किलो गाँजा सहित सब्जी व्यापारी पक्राउ

तीन किलो गाँजा सहित सब्जी व्यापारी पक्राउ

२२ फागुन, उदयपुर । गाँजा कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

तीनै जना गाईघाट बजारमा सब्जी व्यापार गर्दै आएको खुलेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ गाईघाटका २५ वर्षीया प्रमिला सहनी, सिरहाको लाहान नगरपालिका घर भई गाईघाटमा बस्दै आएका ५५ वर्षीय राजकुमार सहनी र गाइघाट बजार बस्ने २० वर्षीय लक्ष्मण सहनी छन् । पक्राउ परेकाहरुको साथबाट तीन किलोभन्दा बढी गाँजा बरामद गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.