×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पुरुषसँग समान काम, ज्याला भने आधा कम !

२४ फाल्गुन २०७७

२४ फागुन, म्याग्दी ।
“मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।”

म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भनिन्, “समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन ।

Advertisement
Advertisement

“मसला बनाउने, रड र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु”, म्याग्दी सदरमुकाम बेनीमा भवन निर्माणको काममा मजदूरी गर्दै आउनुभएकी ३७ वर्षीया तिला किसानले भनिन्, “पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर, ज्याला पाउँदा पुरुष कामदारले दैनिक रु एक हजार पाउँछन् भने मैले रु ६०० मा चित्त बुझाउनुपर्छ ।”

“काम भने पुरुषले भन्दा बढी गर्नुपर्छ, ज्याला भने थोरै पाउँछौँ”, बेनी नगरपालिका–२ बगरफाँटमा मकै रोप्नका लागि मलको डोको बोकेर खेततर्फ जाँदै गरेकी चन्द्रा विकले भनिन्, “एउटै कामको अलगअलग ज्याला थाप्ने गरेको धेरै भयो ।”

आज मार्च ८ अर्थात्, १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा ग्रामीण भेगका महिलाको अवस्था भने दशकौँअघिकै जस्तै रहेको छ ।

कृषि, औद्योगिक तथा विकास निर्माणका क्षेत्रमा मात्रै होइन, शैक्षिक क्षेत्रमा समेत महिला पारिश्रमिकमा ठगिँदै आएका छन् । यी महिलाका भनाइ त प्रतिनिधि मात्रै हुन्, म्याग्दीका हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित छन् ।

दिनभरी खेतबारी, नदी खोला, भवन वा भौतिक निर्माण भइरहेका ठाउँमा ज्याला मजदूरी गरेर गुजारा गर्ने महिलाले पुरुषले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् ।

पुरुष कामदारसँगै दिनभरी काममा घोटिने र पुरुषले भन्दा बढी काम गर्ने महिला श्रमिकले ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य भएका छन् । जिल्लाका धेरै महिला श्रमिक पुरुषको तुलनामा बढी काम गर्ने दाबी गर्छन् ।

“सँगै काम गर्ने पुरुष कामदारले चुरोट खाने, मोबाइलमा लामो समयसम्म कुरा गरेर समय कटाउने र कोही मान्छे देखे कुराकानी गर्ने गर्छन्”, म्याग्दी नदी किनारमा ग्याबिन जाली भर्न ढुङ्गा बोक्दै गरेकी सविना परियारले भनिन्, “हामीले खुरुखुरु काम गर्छौं ।

लगाएको काममा पूरै ध्यान दिन्छौँ तर, ज्यालामा ठगिन्छौँ ।” लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको कृषि, उद्योग, पूर्वाधार निर्माणदेखि लिएर शैक्षिक क्षेत्रसमेत महिलाकै बल बुतोमा धानिएको छ ।

यहाँका अधिकांश पुरुष वैदेशिक रोजगारमा छन् तर जिल्लालाई नै धानेका तिनै महिला पारिश्रमिकमा भने वर्षौंदेखि ठगिँदै आएका महिला अधिकारकर्मी जमुना आचार्यले बताइन् ।

कृषि क्षेत्रको ७५ प्रतिशत काम महिलाले नै गर्दै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ तर, तिनै महिला पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका छन् ।

पुरुष कामदारले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिनुपरेको महिला श्रमिकको भनाइसँग जिल्लाका महिला अधिकारकर्मी पनि सहमत छन् ।

बेलाबेलामा हुने महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरे पनि श्रमिक महिलाको अधिकारका बारेमा महिला अधिकारकर्मीले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाले बताएका छन् ।

जिल्लाका महिला अधिकारकर्मी र मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनि विभिन्न राजनीतिक दलका भ्रातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाको ज्यालामा वृद्धि हुन नसक्नु दुःखद् पक्ष रहेको महिला अधिकारकर्मीको भनाइ छ ।

महिला अधिकारकर्मी हीरा पौडेलका अनुसार कानूनमा नै ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिएकाले त्यसविरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेलाई कडा कारवाही गरिनुपर्ने बताइन् ।

महिला अधिकारकर्मी एवं नेपाल महिला सङ्घ म्याग्दीका अध्यक्ष विमला गौचनले महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउन नसकेको र शारीरिक तथा प्राकृतिकरुपमा पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानसिकता नहटेकाले ज्यालामा एकरुपता हुन नसकेको हो भनिन् ।

म्याग्दीको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा कूल श्रमिक सङ्ख्याको ४२ प्रतिशतभन्दा बढी महिला संलग्न रहेका निर्माण व्यवसायीले बताएका छन् ।

Advertisement

जिल्लाभित्र र बाहिरका गरी ४२ प्रतिशत महिला मजदूरले पुरुषको भन्दा आधा कम ज्यालामा नै काम गरिरहेका भए पनि उनीहरुको बारेमा आवाज उठाउने निकाय भने मौन छन् । (रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top