हिमाल आरोहणमा जथाभाबी फोटो/भिडिओ खिच्न नपाइने, नियम नमाने प्रमाणपत्र नपाइने

२५ फागुन, काठमाडौँ । पर्यटन विभागले सन् २०२१ को हिमाल आरोहण सिजन थप व्यवस्थित गर्ने भएको छ ।

Advertisement

आरोहणलाई व्यवस्थित बनाउन विभागले ११ बुँदे निर्देशन पनि जारी गरेको छ । विभागको निर्देशिका अनुसार अब पर्वतारोही दल र दलका सदस्यले सम्बन्धित आरोहण दलका गतिविधिबाहेक अरू फोटो भिडिओ खिच्ने र प्रचारप्रसार गर्न पाइने छैन ।

आरोहण एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी काम गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्नेछ, पर्वतारोहणबाहेक अन्य गतिविधि गर्नुपर्ने भएमा विभागको अनुमति लिनुपर्नेछ, पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन ब्रिफिङ भरेपछि मात्रै अनुमति पाउनेछन्, अनलाइन ब्रिफिङ भरेपछि मात्रै बल्ल डिब्रिफिङ प्राप्त हुनेछ ।

Advertisement

विभागका अनुसार अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्रै आरोहणको प्रमाणपत्र जारी गर्ने काम सुरु हुनेछ, अनलाइन डिब्रिफिङ नभरेकाहरूले प्रमाणपत्र पाउने छैनन् ।

आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्नेछ, डिब्रिफिङ हुँदाका बखत आरोहण दलका सदस्य कुन माध्यमबाट काठमाण्डौ पुगे भन्ने जानकारी गराउनुपर्नेछ ।

Advertisement

यस्तै आपत्कालीन उद्धार गरिएका पर्यटकलाई स्रोत साधनले भएको अस्पतालमा लैजानुपर्ने पर्यटन विभागले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top