सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालक र सहचालकको मृत्य

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालक र सहचालकको मृत्य

२५ फागुन, गजुरी । रूपन्देहीबाट काठमाडौंका लागि छुटेको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका–१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खसेको थियो।

इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको हो।

ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इन्स्पेक्टर पाण्डेले बताए।

पाण्डेका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको हो। क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो।

पोस्टमार्टमको लागि दुबैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.