विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यताः प्रधानमन्त्री

विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यताः प्रधानमन्त्री

२७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर आफूले मिर्गौला प्रत्यारोपण गर्नु रहर नभइ बाध्यता भएको बताएका छन् ।

मिर्गौला दिवसका अवसरमा काठमाडौँमा बिहीवार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको बताएका हुन् । उनले अब स्वदेशमै प्रत्यारोपण र उपचारको सम्भव भएको भन्दै मिर्गाैलासम्बन्धी विशेषज्ञ सेवा दिन तयारी भइरहेको पनि बताए ।

यस्तै उनले मिर्गौलालाई स्वस्थ राख्न खानपान र स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको दुई पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

अहिले नेपालमा बालबालिकालाई मिर्गौलाको समस्या बालबालिकालाई पनि देखिने गरेको छ । वर्षमा एक पटक मात्रै स्वास्थ्य जाँच गराए पनि मिर्गौलाको गम्भीर समस्याबाट जोगिन सकिने डाक्टरले बताउँदै आएका छन् ।

नियमित मिर्गौला परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे मात्रै पुग्ने र यो बेलाबेला जाँच गरिरहन डाक्टरको सुझाव छ । यसका लागि सरकारी अस्पतालमा एक सयदेखि एक सय ५० रुपियाँसम्म खर्च हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.