मोरङ र उदयपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

मोरङ र उदयपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

२८ फागुन, मोरङ । मोरङ र उदयपुरबाट बिहबिार दिउँसो लागुऔषध सहित २ जना पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैयाबाट सुनसरी ईटहरी ६ का २० बर्षीय शुसित बिश्वकर्मालाई लागुऔषध डायलेक्स डिसी २ बोतल , नाईट्राभेट १५० चक्की सहित पक्राउ गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका –११ मेन चौक नजिकबाट सोही स्थानका ३२ बर्षीय प्रशान्त कार्कीलाई लागुऔषध ब्राउन सुगर ५१० मिलि ग्राम, नगद १४,०३५ रुपैयाँ सहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थपअनुसन्धान भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.