×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कांग्रेस र जसपा मिलेर सरकार बनाउने ?

२८ फाल्गुन २०७७

२८ फागुन, काठमाडाैँ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ । शुक्रबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस र जसपाका शिर्ष नेताहरु बीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो ।

Advertisement
Advertisement

छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरुले बताएका छन् । छलफलका क्रममा जसपा नेताहरुले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्धा फिर्ता, नागरिकताको समस्या समाधान लगायतका आफ्ना एजेण्डाहरु प्रस्तुत गरेको जसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरले बताए । कुनै सहमति नभएको र बृहत छलफलको आवश्यकता रहेको ठाकुरको भनाई छ । उनले भने – ‘कांग्रेससँग सबै विषयमा कुराकानी भयो । अहिलेको अवस्थामा मिलेर जाने विषयमा र हामीले पनि आफ्नो एजेण्डा राख्यौँ । हाम्रो एजेण्डा जुन छ, त्यो अब हाम्रो साथीहरु जुन जेलमा छन् तिनीहरु छोड्नुपर्छ राजबन्दीहरुलाई । नागरिकताको प्रब्लम समाधान हुनुपर्छ । त्यसपछि मुद्धा फिर्ता हुनुपर्छ । यो कुरा हामीले भन्यौँ । उहाँहरुले सबै मिले जाऔँ । हामी तपाईहरुको कुरा सुन्न आएको हो भन्ने हाम्रो भनाई थियो । तपाईहरु के भन्नुहुन्छ, पछि हामी बिचार गरौँला भन्यौँ । अहिले केही सहमती भएको छैन । मिलेर जान त सबैले भन्छन् ठिक छ मिलेर जाऔँ । बृहत छलफलको आवश्यकता छ । माओवादीसँग पनि कुरा गर्छौ भनेको ।’

नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको र कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको जानकारी दिए । उनले भने – ‘खुला रुपमा अहिलेको सन्दर्भमा एउटा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने सन्दर्भमा मत, अभिमत सबैबाट प्रकट भएको छ । ठोस रुपमा यो कुरामा नै हामी टुंगोमा पुगेका छौ भनेर भनिहाल्ने बेला भएको छैन । तर संसदको पुर्नस्थापना पछाडी अबको राष्ट्रिय राजनीतिले हिड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरुले अपेक्षा पनि राख्नुभयो । राष्ट्रिय राजनीतिले एउटा निकास दिनुपर्ने र त्यो निकास तर्फ अगाडी बढ्दै गर्दाखेरी नेपाली कांग्रेस पार्टी, नेकपा(माओवादी केन्द्र) र जसपा पार्टी दलहरु एकठाउँ उभिने परिस्थिति बन्नु उचित हुन्छ भन्ने धारणा उहाँहरु बाट आयो ।’

Advertisement

प्रवक्ता शर्माले नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि ओली सरकारको विकल्प तर्फ अग्रसरता लिने बारे छलफल भएको पनि बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top