×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

२९ फाल्गुन २०७७

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।

शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् ।

Advertisement
Advertisement

दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ’, बैठकपछि नेता भण्डारीले भने, ‘यसबारेमा पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’ यस्तै धारणा जसपाका अर्का सांसद प्रदीप यादवले पनि राखे । यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने उनले बताए । ‘हामीले अहिलेसम्म अरुलाई सहयोग गर्‍यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ’, यादवले भने ।

स्रोतका अनुसार बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भने पार्टी सरकारमा जान नहुने सुझाव राखेका थिए । उनले सरकारमा जानुभन्दा पनि पार्टीका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए । प्रमुख सचेतक उमाशंकर अरगरैयाले संसदीय दलको बैठकमा विभिन्न अजेन्डामा छलफल भएको बताए । ‘साथीहरूले विभिन्न धारणा राख्नुभयो । सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा उठेको छ’, उनले भने । एक वर्षअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भए पनि दुवै पार्टीका संसदीय दल अझै अलगअलग छन् । शुक्रबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाइएको थियो । दलको बैठक बस्नुअघि जसपाका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

Advertisement

जसपाका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरु गरेको हो । ठाकुरनिकटका जसपा नेता डा. सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए ।, यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top