×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

बाहिरी चक्रपथ कार्यान्वयन गर्न माग

२९ फाल्गुन २०७७

२९ फागुन, काठमाडौं ।
काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभामा यस्तो माग गरिएको हो । जिसस प्रमुख नवराज गेलालले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको जानकारी दिए ।

Advertisement
Advertisement

सभाले मेलम्ची खानेपानी आयोजनाबाट निकट भविष्यमा वितरण हुन लागेको खानेपानी भक्तपुर जिल्लाको सबै स्थानीय निकायमा वितरण गर्न सम्बधित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सभाले अनुगमन कार्यविधि २०७५ पहिलो संशोधन स्वीकृत गरेकोे छ भने भक्तपुर जिल्लाको नदी खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्रीवितरण प्रक्रियाको अनुगमन, नियमनसम्बन्धी कार्यविधिलाई सभाले अनुमोदन गरेको छ ।

सभाले आव २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत गर्नुका साथै कार्यालयमा रहेका जिन्सी मालसामान मिनाहा र लिलामका लागि नियमानुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।

विभिन्न समयदेखि रहेको बेरुजुलाई नियमानुसार नियमित गर्ने, विभिन्न स्थानीय तह, सामाजिक संस्था र वडा कार्यालयलाई हस्तान्तरण भएका सामानको अनुमोदन गर्ने र दोस्रो जिल्लासभा पछि भएका कामको अनुमोदन गर्ने निर्णय गरेको छ ।

सभामा प्रमुख गेलालले आव २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तह, कार्यालयलगायतसँग समन्वय गर्ने कार्यलाई निरन्तरता गर्दै जाने, पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सुशासन, क्षमता विकास, खेलकूदको विकासतर्फ नगरपालिकाले ल्याण्डफिल्डको व्यवस्था गर्न जग्गा खोजी गर्ने, प्राकृतिक स्रोतको व्यवस्थापन, अनुगमनलगायतको कार्यक्रम प्रभावकारीरुपमा लैजाने बताए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आव ०७७–०७८ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फ सांसद प्रेम सुवालको क्षेत्र नं १ मा २७ वटा कार्यक्रममा भएको रु चार करोडको र भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतको १८ वटा कार्यक्रमको रु चार करोडको बजेट एवं कार्यक्रम प्रस्तुत गरे ।

सोही कार्यक्रमतर्फ वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलको २० कार्यक्रममा रु तीन करोड, सुरेन्द्रराज गोसाईको १३ कार्यक्रमको रु तीन करोड, शशीजङ्ग थापाको १७ कार्यक्रमको रु तीन करोड र डा राजेन्द्रमान श्रेष्ठको १० कार्यक्रमको रु तीन करोड बजेटमा भएको विकास साझेदारी कार्यक्रम उनले प्रस्तुत गरे ।

जिससतर्फका मौज्दात कोष बाँडफाँटतर्फ चाँगुनारायण नगरपालिकाका लागि रु १० करोड ७० लाख, सूर्यविनायक नगरपालिकाका लागि रु सात करोड ४५ लाखको बजेट विवरण पेश भएको छ ।

त्यस्तै आव ०७७÷०७८ का लागि केन्द्रीय अनुदानतर्फ रु एक करोड ४१ लाख ६५ हजार, प्रदेशतर्फ रु ४५ लाख ८० हजारको बजेट प्रस्तुत गरे ।

Advertisement

सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद नीतिनिर्माता भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीयतहलाई दिनुपर्नेमा जोड दिँदै सङ्घ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीयतहमा बजेट निकासा गर्नुपर्ने बताए ।(रासस)

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top