ओलीलाई हटाउन देउवा आफैं अघि सर्नु पर्ने पौडेलको सुझाव

२८ फागुन ७७, शनिबार

२९ फागुन, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बेला आइसकेको बताएका छन्।

Advertisement

उनले पार्टी सभापति शेरबहादुर देउवा नै अघि बढेर भए पनि ओलीलाई विस्थापित गर्नुपर्ने बताएका छन् । पौडेलले अब दायाँबायाँ नसोची ओलीलाई हटाउने काममा लाग्न देउवालाई सुझाव दिए।

बाग्लुङ पुगेका बेला प्रेस युनियन बाग्लुङले शनिवार बिहान आयोजना गरेको प्रेस सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने, राष्ट्रलाई बर्वादीतिर लैजाने मान्छेलाई हटाउनैपर्छ। हामीले हिजै सभापतिलाई भनिसक्यौ।

Advertisement

तपाई आफै बनेर हुन्छ कि के गरेर हुन्छ केपी ओलीलाई हटाउनुपर्‍यो भनेका छौ। नेता पौडेलले जनता समाजवादी र माओवादी केन्द्रसँग मिलेर ओलीलाई हटाउनुपर्ने बताए।

अब दायाँबाँया सोच्ने कुरा छैन काँग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै केपीलाई हटाउनुपर्छ। कसैले ओलीको सत्तालाई जोगाउन खोज्छ भने त्यसको राजनीतिक निष्ठामाथि आफ्नो प्रश्न रहने पौडेलको भनाई थियो।

Advertisement

प्रतिनिधि सभा विघटनपछि पौडेलले काँग्रेस सत्तामा जान हतारिन नहुने भनाई राख्दै आएका थिए। त्यस विषयमा सञ्चारकर्मीले प्रश्न राखेपछि उनले भने, केही समयअघि सरकारमा जानुहुन्न भनेकै हो।

प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिएकै हो। अहिले नयाँ फैसला आए पछि नयाँ परिस्थितिको सिर्जना भएको छ। मैले त भने मेरो सभापतिलाई तपाई नै बनेर भए पनि वा अर्कोलाई बनाएर भए पनि केपीलाई हटाउँ। मेरो सुझाव त्यही हो।

काँग्रेसले सत्ताको आकंक्षा गरेको भन्दा पनि परिस्थितिले जिम्मेवारीबाट भाग्न नहुने अवस्था सिर्जना भइसकेको पौडेलको भनाई थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top