ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छः सञ्चारमन्त्री

१ चैत ७७, आइतबार
Share this
697shares

१ चैत, काठमाडौँ ।

Advertisement

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन् ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री गुरुङले अहिलेको राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए ।

Advertisement

उनले आफ्नो पार्टी नेकपा (एमाले) भित्र देखिएको विवाद समाधान गर्न आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए । मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चार गृहलाई आग्रह गरे ।

नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए । कार्यक्रममा प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए।

Advertisement

चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकारका पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top