उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भयोः प्रचण्ड

उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भयोः प्रचण्ड

३ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान अन्र्तगतको सर्वपक्षिय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका हुन् ।

आफुहरुले जातिय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको विल्ला भिराएको उनको भनाई छ । नेपालमा अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भएको पनि उनको भनाई छ ।

उनले भने – ‘अस्ति संसद/प्रतिनिधिसभा विघटन गर्ने भनेर जुन कुरा केपी ओली प्रधानमन्त्रीको रुपमा उहाँले गर्नुभयो त्यो भयानक ठुला षडयन्त्र थियो । नेपालका आदिबासि, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने । तपाई हामीले अलि जातिय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा ग¥यो भने हामीलाई जातिवादीको विल्ला भिराउने अनि आफुचाहीँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ ।’

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताए । प्राप्त अधिकारहरुलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.