बीएण्डसीलाई सम्बन्धन दिइए केसी अनसन बस्ने

३ चैत, काठमाडौं । डा.गोविन्द केसीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिइए अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

Advertisement

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चिकित्सक केसीले झापाको बीएण्डसीलाई चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर सम्बन्धन दिने प्रकृया सरकारले अघि बढाएमा आफुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै अनसन सुरु गर्ने बताएका हुन् । उनले बीएण्डसीको सम्बन्धनको प्रक्रिया तत्काल रोक्न माग गर्दे अनियमिततामा संलग्‍नको राजीनामा माग गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशनमा चिकित्सा शिक्षा ऐन र नियमावली उल्लंघन गर्दै सम्बन्धन दिन लागिएको दाबी गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top