जलेश्वर पुग्यो माध्यमा परिक्रमा यात्रा

जलेश्वर पुग्यो माध्यमा परिक्रमा यात्रा

४ चैत, महोत्तरी । मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमा परिक्रमाका यात्रीहरु महोत्तरीको जलेश्वर पुगेका छन् ।

परिक्रमा गर्नेहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन् । नेपाल भारत दुवै देशको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको मध्यमा परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ स्थानमा गरी जम्मा १५ वटा विश्रामस्थलहरु रहेका छन् । १५ दिन को यस यात्राका यात्रीले नेपालका १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्ने चलन छ । १८ औं शताब्दीदेखि मिथिलाञ्चलमा माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आइएको बताइन्छ । गत शनिबारबाट धनुषाको ठेराकचुरीदेखि यस वर्ष सुरु भएको यात्रा बुधबार जलेश्वर पुगेको हो । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत् रुपमा सुरु भएको थियो । अन्तगृह परिक्रमा समाप्त भएपछि भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.