बर्दिया राष्ट्रिय निकुञ्जमा हिँडडुल गर्न रोक

बर्दिया राष्ट्रिय निकुञ्जमा हिँडडुल गर्न रोक

४ चैत, बर्दिया । बाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ ।

केही महिनादेखि पाटे बाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भैरहेका पर्यटकीय गतिविधिहरुमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो ।

यस्तै पर्यटकीय गतिविधिअन्तर्गत जङ्गल ड्राइभ गर्नेहरुले विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ । हिजो एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० पुगिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.