नेपाल पत्रकार महासङ्घको चुनाव चैत २५ गते

नेपाल पत्रकार महासङ्घको चुनाव चैत २५ गते

४ चैत, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने भएको छ ।

महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको चुनाव तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।

महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारण सभा गएको फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको चुनाव कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । चुनावको मिति तय भएसँगै बुधवारैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित चुनाव समितिले काम अघि बढाउने जनाइएको छ ।

समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.